२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फापर खेतीमा कृषकको आकर्षण बढ्दो

अ+ अ-

मुगु । गाउँघरमा फापर खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । तरकारी र नगदे बालीले केही वर्ष ओझेलमा पारेको फापर खेतीमा हाल पुनः कृषकहरू आकर्षित भएका हुन् ।

विशेष गरी यहाँका मुर्मा, पिना, रारा र आसपासका बस्तीहरूमा किसानहरूले फापर खेती गर्न थालेका छन् । स्वास्थ्यका दृष्टिले लाभदायी मात्र नभई राम्रो मूल्य पाइने भएकाले किसान यसतर्फ आकर्षित भएका हुन् ।

स्थानीय शिक्षक नन्दसिंह रोकायाका अनुसार फापर खेती पहिले जस्तै लोकप्रिय हुन थालेको छ । उनले भने, “हाम्रो पुरानो र मुख्य खेती नै फापर हो । अहिले बजारमा चामल र गहुँले ठाउँ लिए पनि फापर खेती फाइदाजनक भएकाले यसप्रति आकर्षण बढ्दै गएको छ ।”

वडा नं ९ मुर्मा गाउँकै अर्का कृषक झुपुकला रोकायाले फापर खेतीले आम्दानी दिने सम्भावना बढेको बताए । उनी भन्छन्, “पहिले फापरलाई गरिबको अन्न भनेर हेपिन्थ्यो । तर अहिले यसको पीठो र परिकार बजारमा महँगोमा बिक्री हुने गर्छ । यसले हामीलाई आत्मनिर्भरतासँगै आयस्रोत वृद्धि गरेको छ ।”

मुगु–रारा पर्यटकीय क्षेत्रमा आउने पर्यटकले स्थानीय उत्पादन खोजी गर्ने भएकाले फापरको माग दिनानुदिन बढ्दो छ । होटेल व्यवसायीहरूका अनुसार, पर्यटकले विशेष गरी फापरका ढिँडो, रोटी, लड्डु, तथा विविध परिकार माग गर्छन् । यसले किसानलाई उत्पादन बढाउन थप हौसला मिलेको छ ।

फापरमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, आइरनलगायतका पौष्टिक तत्त्व हुने बताइन्छ । उच्च रक्तचाप, मधुमेह, मुटु रोगीका लागि फापर उपयुक्त मानिने भएकाले स्थानीय उत्पादनले बाहिरी बजारमा प्रतिस्पर्धा गर्न सक्ने किसानहरू बताउँछन् ।

जिल्लाको चिस्यानयुक्त भेगमा सहजै फल्ने यो बालीमा उत्पादन खर्च पनि कम हुने गर्छ । स्थानीय सरकार र कृषि कार्यालयले समेत फापरलाई परम्परागत बाली संरक्षणसँगै आयआर्जनको विकल्पका रूपमा प्रवर्द्धन गर्ने योजना बनाएका छन्।