काठमाडौँ । लोक सेवा आयोगले खरिदार चौथो तह वा सो सरह पदका परीक्षा केन्द्र तोकिएको छ । काठमाडौँ केन्द्रीय आयोगले शनिवार एक सूचनामार्फत परीक्षा केन्द्र तोकिएको जानकारी दिएको हो ।
लोक सेवा आयोग, हेटौँडा कार्यालयले सञ्चालन गर्ने केन्द्रीय कार्यालयको वि.नं. १६६५१/०८२-८३ संगठित संस्थाहरूको अप्राविधिकतर्फका सहायक स्तर द्वितीय श्रेणी, खरिदार वा चौथो तह वा सो सरह पदको पूर्व योग्यता परीक्षाको परीक्षा भवन तोकिएको छ ।







