२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेमा ७० वर्ष नाघेकालाई मानार्थ सदस्यता दिने र सदस्यता शुल्क नलिइने

अ+ अ-

काठमाडौँ । नेकपा एमालेमा ७० वर्ष नाघेकालाई मानार्थ सदस्यता दिने र सदस्यता शुल्क नलिने प्रस्ताव आएको छ । समूहगत छलफलमा विधान महाधिवेशन प्रतिनिधि कमल पाठकले यस्तो प्रस्ताव राखेका हुन् ।

‘७० वर्ष नाघेकालाई राज्यले सम्मान गर्छ । हामी पनि मानार्थ सदस्यता राखौँ । मर्ने बेलासम्म लेवी उठाउने कुरा गलत छ’, नेता पाठकले भने । एमालेमा दुई प्रकारका पार्टी सदस्यता प्रस्तावित छ । पार्टी सदस्य र संगठित सदस्य गरेर दुई खाले सदस्यता रहने व्यवस्था प्रस्ताव गरिएको हो ।

दुवै सदस्यताका लागि एमालेको नीति विचारलाई समर्थन गर्ने र तोकेबमोजिम सदस्यता शुल्क तिर्नुपर्छ । यस्तो प्रस्तावमा संशोधन गरेर मानार्थ सदस्यता पनि थप्ने र मानार्थ सदस्यसँग शुल्क नलिने व्यवस्थाको प्रस्ताव नेता पाठकले गरेका हुन् ।

अर्कोतर्फ एमालेमा उमेर हदको व्यवस्था हटाउने प्रस्ताव छ । हाल सबै तहको कमिटीमा निर्वाचित हुन ७० वर्षे उमेर हदको व्यवस्था छ । यसलाई हटाउने प्रस्ताव अघि सारिएका बेला नेता पाठकले एमालेमा ७० वर्ष नाघेकालाई मानार्थ सदस्यता दिने र सदस्यता शुल्क नलिने प्रस्ताव गरेका हुन् ।

एमालेले हरेक कमिटीको सदस्य वा पदाधिकारीमा उम्मेदवार बन्नका लागि माथिल्लो कमिटीको स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएको हुनुपर्ने व्यवस्था प्रस्तावित छ । एमालेले हरेक नेतालाई पार्टीको नीतिसँग साक्षात्कार हुनुपर्ने नीतिलाई कार्यान्वयन गर्न यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।

ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँगै जवाफ दिने कार्यतालिका छ ।

शनिवार १० वटा समूहमा भएको छलफल आज समूह नेताले प्रस्तुत गर्नेछन् । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । त्यसपद्धि प्रस्ताव र प्रतिवेदनहरू संशोधनसहित पारित हुनेछ र आजै विधान महाधिवेशन सकिनेछ ।