काठमाडौँ । एभरेस्ट महिला भलिबल लिगको तेस्रो दिन काठमाडौं स्पाइकर्स र लुम्बिनी लाभाजले जित निकालेका छन्।
पोखरा रंगशाला कर्भड हलमा आइतबार भएको पहिलो खेलमा काठमाडौँले मधेश युनाइटेडलाई ३-१ ले पराजित गरेको हो।
काठमाडौँले मधेशलाई २६-२४, २३-२५, २५-२२ र २५-१९ ले जित निकालेको हो। दोस्रो खेलमा लुम्बिनी लाभाजले पोखरा निन्जाजलाई हरायो।
पोखरालाई लुम्बिनीले ३-२ ले हराउँदै लिगमा पहिलो जित दर्ता गरेको हो। लुम्बिनीले २५-१३, २३-२५, १०-२५, २८-२६ र १५-१० ले पोखरालाई हराएको हो।
सोमबार २ खेल हुनेछ। पहिलो खेल कर्णाली यश्वीस र काठमाडौँ स्पाइकर्सबीच हुनेछ। दोस्रो खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबीच हुनेछ।






