२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इराकको बगदादमा झडप, चार प्रहरीसहित छ जनाको मृत्यु

अ+ अ-

एएफपी । इराकको राजधानी बगदादमा दुई स्थानीय जातबीच भएको हिंसात्मक झडपमा चार सुरक्षाकर्मीसहित छ जनाको मृत्यु भएको छ । इराकको आन्तरिक मामिला मन्त्रालयले आइतवार घटनाको पुष्टि गरेको हो ।

शनिबार राति बगदादको सादा क्षेत्रमा सुरु भएको विवाद निजी बिद्युत् उत्पादन गर्ने यन्त्रको शुल्क वृद्धिका कारण भएको थियो । इराकमा दैनिक लामो समयसम्म सरकारी बिद्युत् सेवा अवरुद्ध हुने भएकाले अधिकांश नागरिकले निजी यन्त्रमा निर्भर रहनु परेको छ ।

झडप नियन्त्रणका लागि पुगेको सुरक्षाफौजमाथि आक्रमण हुँदा दुई वरिष्ठ अधिकृतसहित चार सुरक्षाकर्मी मारिएका हुन् । यसअघि दुई जनाको मृत्यु भएको उल्लेख गरिएको भए पनि उपचारको क्रममा थप दुई जनाको ज्यान गएपछि संख्या परिमार्जन गरिएको मन्त्रालयले जनाएको छ ।

घटनामा नौ सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षाकर्मीमाथि आक्रमण गर्ने समूहले नै गोली चलाएको र जवाफी कारबाहीमा दुई जना मारिएको मन्त्रालयले जानकारी दिएको छ ।

झडपमा संलग्न पाँच जना घाइते भएका छन् भने केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ ।

इराकमा जातीय तथा गुटीय झगडा सामान्यजस्तै बनेको छ । दसकौँ लामो युद्ध, अशान्ति र अस्थिरताले गर्दा त्यहाँ सामान्य विवाद पनि घातक झडपमा परिणत हुने गरेको छ । स्थानीय गुटहरूले आफ्नै नियम, आचारसंहिता र न्याय प्रणाली अनुसार चल्ने गर्छन् र उनीहरूसँग ठूलो मात्रामा हातहतियार समेत रहेको हुन्छ ।