काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको ।
सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ घर भएका हाल काठमाडौँ महानगरपालिका-१३ ताहाचल बस्ने ७० वर्षीय जिवनाथ तिमिल्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सिन्धुपाल्चोक साविक माङ्खा गाविस-७ मा जित बहादुर तामाङको २०३७ कात्तिक ७ गते खुकुरी प्रहार गरी हत्या गरी तिमिल्सिना फरार भएका थिए । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।







