९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैकल्पिक चिकित्साका सबै विधालाई समेट्ने गरी आयुर्वेद परिषद् ऐन संशोधनमा जोड

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सबै चिकित्सा विधाको पहिचान, प्रतिनिधित्व र पेसागत सम्मान सुनिश्चित हुने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्साका विभिन्न विधाले भोग्दै आएका समस्या सम्बोधन हुने गरी आयुर्वेद परिषद् ऐन संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने बताएकी छन् ।

बुधबार मन्त्रालयमा विभिन्न चिकित्सा विधाका प्रतिनिधि तथा सरोकारवालासँग भएको छलफलमा मन्त्री मेहताले सबै विधाको पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्ने गरी कानुनी सुधार गर्नुपर्नेमा जोड दिएकी हुन् ।

छलफलमा सहभागी आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चर तथा चाइनिज मेडिसिनलगायतका प्रतिनिधिले पेसागत सुरक्षा, दर्ता, नियमन र सरकारी सेवामा समावेश हुने विषयमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका थिए ।

सबै विधालाई एउटै परिषद्अन्तर्गत समेट्दा स्रोतसाधनको उपयोगमा मितव्ययिता कायम हुने र नियमन सहज हुने धारणा पनि छलफलमा व्यक्त भएको थियो । परिषद्को नाम, संस्थागत संरचना, नेतृत्व र निर्णय प्रक्रियामा सबै विधाको पहिचान तथा प्रतिनिधित्व कायम गर्नुपर्ने विषयसमेत उठाइएको थियो ।

आयुर्वेद परिषद्का अध्यक्ष डा. सिद्धार्थ ठाकुरले सरोकारवालाबाट प्राप्त सुझावलाई समावेश गरी ऐन संशोधनको प्रस्ताव तयार गरिने जानकारी दिएका थिए ।

छलफलमा सहभागीहरूले सबै चिकित्सा विधाको अस्तित्व र सहअस्तित्व स्वीकार गर्दै पेसागत समस्या समाधानका लागि साझा समझदारीका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

0 Comments