२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलन : १९ जनाको मृत्यु, ३४७ घाइते उपचाररत

अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको जेन जेड पुस्ताको आन्दोलनमा हालसम्म १९ जनाको मृत्यु भएको छ भने तीन सय ४७ जना घाइते भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सिभिल अस्पतालमा तीन, ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेजमा दुई र त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि दुई जनाको ज्यान गएको छ।

काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा सयौँ घाइते उपचाररत छन्। सिभिलमा मात्रै एक सय बिरामी भर्ना छन् भने एभरेष्टमा एक सय दुई, ट्रमा सेन्टरमा ५९, काठमाडौं मेडिकल कलेजमा ३७ जना उपचाररत छन्। केहीलाई शल्यक्रिया आवश्यक भएको मन्त्रालयले जनाएको छ।

उपत्यकाबाहिर गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज र दमक अस्पतालमा समेत घाइतेहरूको उपचार भइरहेको छ। मन्त्रालयले आन्दोलन अझै जारी रहेकाले मृत्यु र घाइते हुने संख्यामा फेरबदल हुन सक्ने जनाएको छ।