काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा समेत आगजनी भएको छ । अदालतका विभिन्न दस्ताबेज र कागजपत्रहरू सडकमा फालेर त्यसैमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।
उग्र प्रदर्शनमा उत्रिएका जेन जेड प्रदर्शनकारीहरूले यसअघि सिंहदरबार र सर्वोच्च अदालतमा समेत आगजनी गरेका थिए । बिहानैदेखि उनीहरूले शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवनलगायत विभिन्न सार्वजनिक स्थलमा तोडफोड र आगजनी गर्दै आएका छन् ।
हाल पनि उनीहरू सरकारी कार्यालय तथा अन्य भवनहरू खोजी गर्दै जलाउने गतिविधि जारी राखेका छन् ।







