काठमाडौँ । रौतहटको गौर कारागारबाट २३० कैदी बन्दीहरू मंगलवार राति फरार भएका छन्।
मंगलवारको आन्दोलनको मौका पारेर कारागारका कैदी बन्दीहरूले जेल फोडेर भाग्न सफल भएका हुन्।
गौर कारागारमा २९१ जना कैदी बन्दी थिए। जसमध्ये २७ जना भागेनन् कारागारमै बसिरहेका छन्। फरारमध्ये ३४ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइएको रौतहटका प्रहरीले जनाएको छ ।
आन्दोलनका कारण जिल्लाको जनजीवन अस्तव्यस्त बनेपछि साम्य पार्न रौतहट प्रशासनले अर्को आदेश नहुञ्जेलसम्म कर्फ्यु आदेश जारी गरेको छ।
नारायण दल गण पुरेन्वा रौतहटका प्रमुख सेनानी विश्वास बिष्टले अति आवश्यक कामबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन्। सेनाले सार्वजनिक स्थानहरूमा सर्वसाधारणले कुनै किसिमको कोणसभा अथवा अन्य गतिविधि नगर्न आग्रह गरेको छ।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको सदरमुकाम गौर लगायत आसपासका क्षेत्रहरूमा बाक्लो उपस्थित छ ।







