काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रसुवाले हिमाली जिल्ला रसुवामा पनि कर्फ्यु जारी गरेको छ । कार्यालयले बिहान एक सूचना जारी गरी जिल्लाभर कर्फ्यु आदेश जारी भएको जानकारी दिएको हो ।
भदौ २५ गते बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाको सबै सीमा क्षेत्रभित्र कर्फ्यु लगाइएको सूचनामा उल्लेख छ ।
कर्फ्यु अवधिभर आउजाउ गर्न, भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाइने बताइएको छ
जेन जेड प्रदर्शनको क्रममा तोडफोड, आगजनी, लुटपाट र आक्रमणका घटना भएपछि नेपाली सेनाले पनि देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ ।







