२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरले फोहोर सफा गर्दै

अ+ अ-

काठमाडौँ । जेन जेडको आन्दोलनका क्रममा विभिन्न स्थानमा आगजनी र तोडफोड भएपछि सडकमा थुप्रिएको फोहोर काठमाडौँ महानगरपालिकाले सफा गर्न थालेको छ ।

महानगरले आज बिहानैदेखि नगर प्रहरी तथा सरसफाइ कर्मचारी खटाएर सफाइ अभियान थालेको हो ।

आन्दोलनकै क्रममा टायर बाल्दा निस्किएको धुवाँ, जलेर बाँकी रहेका रबरका टुक्रा, प्लास्टिक, काठ तथा अन्य सामग्री सडकमा थुप्रिएको थियो ।

यसले राजधानीको मुख्य सडक खण्ड मात्र नभई वरपरका गल्लीहरूमा समेत आवागमन प्रभावित भएको थियो ।

महानगरले विशेष गरी सिंहदरवार, माइतीघर, नयाँबानेश्वर, त्रिपुरेश्वरलगायतका क्षेत्रमा सडक सफा गर्ने कामलाई प्राथमिकता दिएको जनाएको छ । सिंहदरबारको मुख्य सडक खण्डमा जलेर बाँकी रहेका भग्नावशेष हटाउने काम तीव्र पारिएको छ भने अन्य स्थानमा पनि क्रमिक रूपमा सरसफाइ भइरहेको छ ।

आन्दोलनका कारण सडकमा थुप्रिएको फोहोर तत्काल हटाउन नसकिए राजधानीको सौन्दर्यसँगै स्वास्थ्यमा पनि असर पर्ने सम्भावना थियो । त्यसैले बिहानैदेखि कर्मचारी परिचालन गरिएको हो ।

आन्दोलनपछि सडकमा थुप्रिएका फोहोरका ढिक्का हटाइएपछि आवागमन सहज भएको छ । महानगरले नियमित सरसफाइसँगै आवश्यक परे थप जनशक्ति र स्रोत साधन परिचालन गर्ने जनाएको छ ।