२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर सेना र सुरक्षा निकायको कारवाही : ७३ नाल हतियार बरामद, सयौँ फरार कैदी पक्राउ

अ+ अ-

काठमाडौँ । नेपाली सेना लगायतका सुरक्षा निकायहरू परिचालन भएपछि आज दिउँसो १ बजेदेखि ५ बजेसम्मको अवधिमा देशका विभिन्न स्थानमा उल्लेखनीय सुरक्षा कारवाही भएको छ।

महाराजगन्ज क्षेत्रबाट नेपाली सेनाले लुटपाटमा संलग्न ४ जना व्यक्तिलाई नियन्त्रणमा लिँदै ७ नाल हतियार बरामद गरेको छ। बरामद गरिएका हतियारसँगै म्यागजिन, राउण्ड, व्युनेट लगायतका एसेसरिज तथा व्यक्तिगत सामग्री पनि फेला परेका छन्। यस्तै, विशेष सूचनाको आधारमा बालाजु माछापोखरी क्षेत्रमा गरिएको कारबाहीमा थप १ नाल हतियार बरामद भएको छ। यसरी हालसम्म जम्मा ७३ नाल हतियार बरामद भएको नेपाली सेनाले जनाएको छ । 

यसैबीच, सेनाका अनुसार काभ्रेपलाञ्चोकको धुलिखेल जिल्ला कारागारमा कैदी बन्दी र नेपाल प्रहरीबीच भएको झडप नियन्त्रणमा आएको छ। डिल्लीबजार कारागारमा लागेको आगो पनि नेपाली सेना तथा अन्य सुरक्षा निकायको प्रयासमा निभाइएको छ।

फरार कैदी बन्दी नियन्त्रणका लागि चलाइएको अभियानमा विभिन्न जिल्लाबाट उल्लेखनीय सफलता हासिल भएको छ। सुरक्षा फौजले सप्तरीमा ४ जना, सुनसरीमा २०२ जना, रुकुम पश्चिममा ४३ जना, कपिलवस्तुमा ५० जना र म्याग्दीमा ४ जना फरार कैदीलाई पक्राउ गरेको छ।

सुरक्षा निकायहरूले कारबाहीलाई अझै कडाइ गर्ने र मुलुकभर सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइने बताएका छन्।