काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको राजीनामा पछिको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्ने बताएका छन्।
उनीहरूले संयुक्त वक्तव्य मार्फत संविधान र लोकतान्त्रिक विधिबाट समाधान खोजिनुपर्ने बताएका हुन्।
‘सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट सुशासन, सहज सेवा प्रवाह र तीव्र विकासको आकांक्षा लगायतका युवा पुस्ताका मागलाई संविधान सम्मत रूपमा संशोधन गर्न आवश्यक पहलका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ” सामाजिक सञ्जालमा उनीहरूले लेखेका छन्।
उनीहरूले लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर गर्नु नहुने पनि तर्क गरेका छन्।







