२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा नागरिकले नियन्त्रणमा लिएका प्रहरी सामग्री फिर्ता बुझाउन आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले हालै भएको जेन जेडको प्रदर्शनका क्रममा प्रहरी पोशाक, अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार उपकरण, सवारीसाधन, असबाब तथा विभिन्न भौतिक सामग्री नियन्त्रणमा लिइएका वा कतै फेला परेको अवस्थामा तत्काल फिर्ता बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले आज जारी गरेको सूचनामा यस्ता सामग्री नजिकको स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय, जिल्ला प्रहरी कार्यालयमा बुझाउन वा प्रहरी कन्ट्रोल ‘१००’, टोल–फ्री नम्बर १६६००१४१५१६ अथवा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

यस्तै, आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरी पोशाक वा अन्य सामग्री कुनै पनि अवस्थामा दुरुपयोग नगर्न सर्वसाधारणलाई सचेत गराइएको छ। साथै, यस्ता पोशाक वा उपकरणको प्रयोगबारे कुनै जानकारी भएमा सो सम्बन्धी सूचना तुरुन्तै प्रहरीलाई उपलब्ध गराउन अपिल गरिएको छ।

प्रहरीले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, सुरक्षाकर्मीको उपकरण र पोशाक दुरुपयोगमा जाने आशङ्का व्यक्त गर्दै नागरिकबाट सक्रिय सहयोगको अपेक्षा गरेको छ।