२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला प्रहरी कार्यालयबाटै मुद्दाका कार्य गर्न उपत्यका प्रहरी प्रमुखको निर्देशन

अ+ अ-

काठमाडौँ । उपत्यका प्रहरी कार्यालयले मातहतका सबै युनिटलाई नियमित काममा फर्किन निर्देशन दिएको छ ।

उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीले बिहीबार उपत्यकाभरका विभिन्न युनिटमा कार्यरत सिनियर अफिसरलाई दिएको निर्देशनअनुसार सबैजसो कार्यालयका भौतिक संरचना ध्वस्त भएका कारण आएका सबै मुद्दा सम्बन्धित जिल्ला प्रहरी परिसरबाट चलाउन भनेका छन् ।

उनले कार्यालय सरसफाइ गर्दै कार्यालय, मेस र ब्यारेकलाई छिट्टै सञ्चालनमा ल्याउन भनेका छन् । कार्यालय सरसफाइमा स्रोत साधनको अभाव भएमा नागरिक र स्थानीय संघ संस्थासँग समन्वय गर्न उनले निर्देशन दिए ।

ड्युटी छोडेर गएका प्रहरीलाई फिर्ता ल्याउँदै काममा लगाउन उनले भनेका छन् । प्रहरीका सवारी साधन पनि आगजनीमा परेको अवस्थामा पैदल नै भए पनि जनताको जीउधनको सुरक्षामा तल्लीन हुन कार्कीले निर्देशन दिएको उपस्थित एक अधिकृतले बताए ।

विभिन्न युनिटबाट निस्किएका थुनुवालाई सरकारी वकिलको कार्यालय खुलेपछि त्यहाँ पेश गर्ने उनले निर्देशन दिएका छ । विभिन्न कारागारबाट भागेका कैदी-बन्दी भेटिए सम्बन्धित कारागार कार्यालयमा दाखिल गर्न उनले भनेका छन् ।