२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरिबोल गजुरेलले भने : ‘जेन जेड विद्रोह ऐतिहासिक’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले जेन जेड पुस्ताले इतिहास रचेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले युवाहरूको साहस, जागरण र बलिदानले नयाँ युगको सुरुवात गरेको भन्दै सलाम व्यक्त गरेका हुन् । गजुरेलले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको अघिल्लो सरकारको १८ महिने कार्यकालको बचाउ गरेका छन् ।

‘प्रचण्डले नेतृत्व गरेको सरकारले १८ महिना सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य एजेन्डा बनाएर काम गर्‍यो,’ उनले भनेका छन्, ‘भ्रष्टाचारविरुद्ध ठाडो कारबाही भयो, विकास र सामाजिक सुरक्षा योजनाहरू लागू भए, र जनताको विश्वास जित्ने प्रयास स्पष्ट देखियो ।’ उनले सोही सरकारलाई ढाल्न एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा मिलेको आरोप लगाए ।

‘भ्रष्टाचारका संरक्षक केपी शर्मा ओली र शेरबहादुर देउवाले मिलेर त्यो सरकार ढालिदिए । उनीहरूको जनविरोधी कदमले प्रतिगमनको बाटो खोल्यो,’ गजुरेलले भनेका छन् ।

उनले ओली सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको आलोचना गर्दै त्यसले देश–विदेशका सबै उमेर समूहका नागरिकलाई गम्भीर असर पारेको बताए ।

प्रमुख प्रतिपक्षीको भूमिकामा रहँदा आफूहरूबाट कमजोरी भए पनि चुप नलागेको बताउँदै गजुरेलले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता गराउन दबाब दिएको, पार्टीको औपचारिक बैठकमार्फत ओलीको राजीनामा माग गरेको र भदौ २३ को नरसंहारको विरोध गरेको स्मरण गराए ।

उनले आफ्नो पार्टी दमनको भण्डाफोर गर्दै र सहिदहरूलाई श्रद्धाञ्जली दिँदै जेन जेड आन्दोलनसँग ऐक्यबद्ध रहेको पनि बताएका छन् ।

उपमहासचिव गजुरेलले जेन जेडको आन्दोलनमा यथास्थितिवादी र पश्चगामी शक्तिहरूले घुसपैठ गरेर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको भन्दै युवाहरूलाई सचेत रहन आग्रह गरेका छन् ।

‘आज पनि युवालाई भ्रमित गरेर जनयुद्ध र जनआन्दोलनका उपलब्धिलाई समाप्त गर्ने षड्यन्त्र चलिरहेको छ । यसमा जेन जेड युवाहरू अझ सजग हुनुपर्छ’, उनले भने।

अन्तमा, उनले पुँजीवादी दुष्चक्रले निम्त्याएको संकटबाट समाजवादले मात्र मुक्ति दिन सक्ने बताउँदै यो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने शक्ति जेन जेड नै भएको बताए ।

राजनीतिप्रति सचेत युवा पुस्ताको जागरणलाई ऐतिहासिक अवसरको रूपमा लिँदै उनले भने, ‘तपाईँहरूको क्रान्तिकारी ऊर्जा र हाम्रो अनुभव मिलेर हामी फेरि नयाँ इतिहास रच्नेछौँ ।’