२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति सुरक्षा कायम गर्न मानव अधिकार प्रतिष्ठानको माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले लोकतन्त्र, मानव अधिकारको रक्षामार्फत मुलुकमा चाँडै शान्ति, सुरक्षा, अमनचयन, आपसी सद्भाव कायम राख्न माग गरेको छ । 

लोकतन्त्र र मानव अधिकारको सम्मान एवं सुनिश्चित गर्न राष्ट्रपति, आन्दोलनरत पक्ष, नेपाली सेना, राजनीतिक दल, नागरिक समाज र सम्बन्धित सबै पक्षसमक्ष प्रतिष्ठानले जोडदार माग गरेको हो । 

प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेलले आज जारी गरेको वक्तव्यमा जेन जेड प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरू घाइते भएका घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ । 

प्रदर्शनकारीहरूले मन्त्रालय, अदालत तथा सरकारी कार्यालयहरूमा रहेका अभिलेख, दस्ताबेज र महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएकाले यसमा संलग्नलाई पनि छानबिन गरी कारबाही गर्न माग गरिएको छ । 

प्रहरी हिरासत र जेलमा रहेका हजारौँ कैदी बन्दी जेल तोडेर हिँडेकाले सर्वसाधारणको शान्ति सुरक्षामा थप चुनौती देखिएको एवं देशका विभिन्न भागमा लुटपाटका घटना बढेकाले नागरिकहरू डर, त्रास एवं भयको अवस्थामा रहेकाले छिटो शान्ति, सुरक्षाको व्यवस्था गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।

आन्दोलनका क्रममा भएको नरसंहार, तोडफोड, आगजनी, लुटपाट, भौतिक आक्रमण र अन्य त्रासदिपूर्ण काम कारबाही नितान्त आपराधिक र जघन्य अपराध भएकाले यसलाई कुनै पनि बहानामा ढाकछोप नगर्न नहुनेमा प्रतिष्ठानले जोड दिएको छ । 

यी सबै घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक जाँच आयोग गठन गरी प्राप्त सुझावका आधारमा सत्ताको दुरुपयोग गर्ने र विध्वंसमा संलग्नलाई हदैसम्मको कारबाही गरिनुपर्ने माग पनि अध्यक्ष खरेलको छ ।