२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनका क्रममा मृत्यु भएकाहरूका आफन्तले पोस्टमार्टम गर्न नदिने

अ+ अ-

काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा मृत्यु भएकाहरूका आफन्तले पोस्टमार्टम गर्न नदिने बताएका छन् ।

गत सोमबार र मंगलबार भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका मृतकका आफन्तले शव पोस्टमार्टम गर्न नदिने बताएका हुन् ।

आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । तीमध्ये २० भन्दा बढी शव टिचिङ हस्पिटलको पोस्टमार्टम ब्लकमा राखिएको छ । त्यहाँ राखिएका मृतकका आफन्तहरूले पोस्टमार्टम गर्न नदिने बताएका हुन् ।

पहिलो दिन सुरुमै नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु भएका रसिक खतिवडाकी आमा रचना खतिवडाले आफ्नो छोराको पोस्टमार्टम गर्न नदिने बताइन् ।

नयाँ बानेश्वरमा भएको पहिलो दिनको प्रदर्शनका क्रममा रसिकको छाती र कोखामा १-१ गोली लागेको थियो । उनको मृत्युपछि शव कहाँ राखिएको छ भनेर थाहा नपाएको रचनाको भनाइ छ ।

छोरालाई अहिलेसम्म एक थप्पड समेत नहानेर पालेको बताउँदै राज्यले ताकी-ताकी छातीमा गोली हानेर हत्या गरेको बताइन् ।

एक मात्रै छोराकी आमा रचना छोराको निधनपछि दुई दिनसम्म अचेत बनेकी थिइन् । उनले आफ्नो छोराको शरीरमा चिर्न नदिने बताउँदै चिरेको खण्डमा छोराको शव नबुझ्ने चेतावनी दिइन् ।

बानेश्वरमै गोली लागेर मृत्यु भएका सन्तोष विकका दाइ भोलाबहादुर थापाले समेत आफ्नो भाइको पोस्टमार्टम गर्न नदिने बताए ।

आफ्नो भाइको गोली लागेर मारिएको अवस्थामा १०-१२ वटा हस्पिटल चहार्दाचहार्दै बल्ल ट्रमा सेन्टरमा रहेको पत्ता लागेको उनको भनाइ छ ।

पहिलो दिन नै बानेश्वरमा गोली लागेर मृत्यु भएका धनगढीका गौरव जोशीका मामा शिशिर भट्टले पनि आफ्नो भान्जाको पोस्टमार्टम गर्न नदिने बताए । मृत्युको कारण थाहा भएको अवस्थामा पोस्टमार्टम गर्न नदिने उनको भनाइ छ ।

उनले सबै मृतकका आफन्तहरू एकजुट भएर पोस्टमार्टम गर्न नदिने पक्षमा रहेको बताए । मृतकका आफन्तहरूले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिनुपर्ने माग अघि सारेका छन् ।

त्यस्तै मृतकलाई शहीद घोषणा गर्दै उचित क्षतिपूर्तिसहितका विभिन्न मागहरू अघि सारेका छन् । अन्तरिम सरकार गठनका लागि भइरहेका छलफलमा आफूहरूको प्रतिनिधित्व हुनुपर्ने समेत उनीहरूको माग छ ।

बानेश्वरमै गोली लागेर मृत्यु भएका नेपालगञ्जका १९ वर्षीय आयुश थापाका बुबा सुशीले थापाले पनि छोराको पोस्टमार्टम गर्न नदिने बताए ।

मृतकका आफन्तहरूको सहमतिमा मात्रै पोस्टमार्टम गर्ने वा नगर्ने भन्ने निर्णयमा पुगिने टिचिङ अस्पतालले जनाएको छ । मृतकका आफन्तहरूको स्वीकृति लिएर मात्रै पोस्टमार्टम गरिने र नचाहेको खण्डमा नगर्ने अस्पतालले जनाएको हो ।