२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको पाइएमा आफ्नो टोल फ्रि नं १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त जानकारी गराई सहयोग गर्न अनुरोध गरेको छ । 

प्रधान कार्यालयले आज विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थिति  सामान्यीकरण हुँदै जाने क्रममा केही व्यक्ति वा समूहले विभिन्न  आपराधिक गतिविधि गर्न सक्ने भन्दै त्यस्तो भएमा वा भएको देखेमा खरब गर्न आग्रह गरेको हो । 

विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट तथ्यहीन भ्रामक प्रचारप्रसार गर्ने र परिस्थितिको अनुचित फाइदा उठाइ सीमा अपराधलगायत लुटपाट, आगजनीजस्ता कार्यमा संलग्न भई आपराधिक गतिविधि हुनसक्ने जनाउँदै त्यसबारे टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध छ ।” 

यसैगरी राष्ट्रमा शान्ति र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्न जुनसुकै विषम परिस्थितिमा पनि सशस्त्र प्रहरी बल देश र जनताको सेवामा प्रतिबद्ध रही पूर्ण संयमताका साथ परिचालन भइरहेको पनि जनाइएको छ ।

प्रहरी बलले राज्यद्वारा सुम्पिएको मुख्य कार्यदिशाअन्तर्गत सीमा सुरक्षामा आफ्नो जिम्मेवारीबाट विचलित नभई अन्तर्राष्ट्रिय सीमाबाट हुनसक्ने कुनै पनि किसिमको सीमा अपराध, घुसपैठ तथा अतिक्रमणजस्ता कार्य नियन्त्रण गर्न प्रभावकारी रूपमा परिचालन हुँदै आइरहेको पनि जनाएको छ । यसका लागि सीमामा खटिएका समकक्षीलगायत सरोकार भएका अन्य निकायसँग निरन्तर समन्वय भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।