२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा विघटनसँगै आजै सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिँदै

अ+ अ-

काठमाडौँ । लामो रस्साकस्सी र राजनीतिक तनावबीच अन्ततः शीतल निवासमा प्रतिनिधि सभा विघटन गर्ने र पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति जुटेको छ । आजै राति ९ बजे उनलाई प्रधानमन्त्रीको शपथ खुवाइने तयारी भएको हो ।

शुक्रबार दिनभर चलेको छलफलपछि सहमति बनेको हो । वार्तामा जेन जेड समूहका प्रतिनिधि, राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व प्रधानन्यायाधीश कार्की, कानुनविद् तथा प्रमुख दलका नेताहरू सहभागी थिए ।

शीतल निवास स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व दिने तयारीसँगै प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, प्रधानमन्त्री नियुक्ति पत्रको मस्यौदा र शपथ ग्रहण कार्यक्रम तय गर्ने काम भइरहेको छ । राष्ट्रपति पौडेल सुरुमा संसद् विघटनमा अनिच्छुक रहे पनि आन्दोलनकारीहरूको दबाब र दलहरूको सुझावपछि पछि हट्नुपरेको थियो ।

यसअघि प्रमुख दलहरूले संसदभित्रैबाट कार्कीलाई अघि बढाउने सुझाव दिएका थिए । तर, कार्कीले संसद् कायम राखेर बन्ने सरकारको नेतृत्व नगर्ने अडान राखेकी थिइन् । काठमाडौँका मेयर बालेन शाहले पनि संसद् विघटनलाई न्यूनतम आधार मानेका थिए ।

राजनीतिक सहमति टुंगिन नसकेपछि बिहीबार राति र शुक्रबार बिहानसम्म चलेको वार्ता निष्कर्षविहीन भएको थियो । दिउँसो समेत सहमति नजुटेपछि प्रधानसेनापति अशोकराज सिग्देलले संकटकाल लगाउनुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका थिए । उनले कार्कीलाई समेत त्यसबारे जानकारी गराएका थिए । तर, दोस्रो तहका नेताहरू संकटकालको विपक्षमा उत्रिएका थिए ।

यस्तो परिस्थितिमा तीव्र दबाबका बीच जेन जेड आन्दोलनको मागअनुसार नै कार्कीको नेतृत्वमा नयाँ सरकार बन्ने निष्कर्षमा दलहरू पुगेका हुन् । नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका नेताहरूले आन्दोलनको म्यान्डेटलाई सम्मान गर्ने सहमति जनाएका थिए ।

शीतल निवासमा शुक्रबार बेलुकीसम्म काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, माओवादी अध्यक्ष प्रचण्ड, उपमहासचिव वर्षमान पुनलगायत नेताहरू सहभागी भएका थिए । उनीहरूले दलहरूको तर्फबाट आन्दोलनको मर्मअनुसार सहयोग गर्ने तर संवैधानिक व्यवस्थालाई समेत सम्बोधन गर्ने व्यवस्था मिलाउनुपर्ने धारणा राखेका थिए ।

अन्ततः लामो छलफल र दबाबबीच प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति जुटेको हो । आजै राति उनको शपथपछि नयाँ सरकारको औपचारिक काम सुरु हुने अपेक्षा गरिएको छ ।