२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्च अदालत परिसरबाट लुटिएका सामग्री फिर्ता दिन अपिल

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले आफ्नै परिसरबाट तोडफोड र लुटपाट गरी हराइएका सामग्री फिर्ता दिन सार्वजनिक अपिल गरेको छ । अदालतको प्रशासन शाखाले शुक्रबार सूचना जारी गर्दै लुटिएका वा चोरी भएका सामान सम्बन्धित अदालतमा बुझाइदिन आग्रह गरेको हो ।

२०७९ भदौ २६ गते अदालत परिसरमा तोडफोड हुँदै सवारी साधन (गाडी, मोटरसाइकल, साइकल), कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टिभी, कुर्सी लगायतका सामग्री तथा कर्मचारीहरूको व्यक्तिगत सवारी साधनसमेत लुटपाटरचोरी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतले उच्च, अपील र जिल्ला अदालतहरूलाई समेत सन्देश पठाउँदै लुटिएका सामग्री भेटेमा वा कुनै कारणले प्राप्त भएमा नजिकको अदालत वा सुरक्षानिकायलाई जानकारी गराउन अपिल गरेको छ । साथै, यस्ता सामग्री बुझाउने व्यक्तिको गोपनीयता सुरक्षित रहने उल्लेख गर्दै नागरिकलाई सक्रिय सहकार्यका लागि आग्रह गरिएको छ ।

लुटिएका सामग्री फिर्ता गर्न वा जानकारी दिन शाखा अधिकृत जीवन कप्ले (मोबाइल नम्बर ९८५११९९८५२), ना.सु. प्रकाश गौडल (मोबाइल नम्बर ९८४१२२१३५३) वा सुब्बा विशाल खड्का (मोबाइल नम्बर ९८६१९८४०८५) लाई सम्पर्क गर्न सर्वोच्चले अनुरोध गरेको छ ।

अदालतले यस अभियानलाई सामग्री पुन:प्राप्तिका लागि नागरिक सहयोग अपरिहार्य हुने भन्दै सम्पूर्ण समुदायलाई सकारात्मक भूमिका खेल्न आह्वान गरेको छ ।