२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरमा आइतबारसम्म निषेधाज्ञा र कर्फ्यु कायमै

अ+ अ-

काठमाडौँ । ललितपुरमा निषेधाज्ञा र कर्फ्यु जारी आइतबारसम्म जारी रहने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार एक सूचना जारी गर्दै जेनजी आन्दोलनलाई लक्षित गर्दै गत भदौ २३ गतेदेखि लागू गरिएको निषेधाज्ञा र कर्फ्यु आइतबारसम्म रहने जानकारी दिएको हो ।

जिल्लामा जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणका लागि प्रमुख जिल्ला अधिकारीको आदेशमा निषेधाज्ञा र कर्फ्यु जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार, शनिबार बिहान ११ बजे देखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने सोही दिन बेलुकी ७ देखि भाद्र २९ गते बिहान ६ बजे सम्म कर्फ्यु लाग्ने छ ।

अत्यावश्यक कार्यका लागि बिहान ६ बजे देखि ११ बजे र बेलुका ५ देखि ७ बजेसम्म आवतजावत गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

साथै एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, परिचयपत्र सहितका सञ्चारकर्मी, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधी ओसारपसार गर्न सकिने छ ।

सरकारी कार्यालय, बैंक र वित्तीय संस्थाका कर्मचारीहरू परिचयपत्र देखाएर आफ्नो कार्यालयसम्म जान पाउनेछन् भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले आफ्नो टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन् ।

अत्यावश्यक कार्यका लागि छुट्याइएको समय बाहेक कुनै पनि जुलुस, धर्ना वा प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।