काठमाडौँ। जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्लामा लगाएको कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ।
जेन जेड आन्दोलनका क्रममा देशव्यापी प्रदर्शनपछि उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै लगाइएको आदेश आज भदौ २८ गते बिहान ९ बजेदेखि हटाइएको हो ।
कर्फ्यु र निषेधाज्ञा हटेसँगै जिल्लाको जनजीवन सामान्य बन्न थालेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचना अनुसार, भदौ २३ गतेदेखि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा भएका प्रदर्शनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाको शान्ति सुरक्षा कायम राख्न आदेश जारी गरिएको थियो।
आदेश फुकुवा भएसँगै जिल्लाभरि यातायात, बजार र अन्य गतिविधिहरू सामान्य रूपमा सञ्चालन हुन थालेका छन्।








