२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जेन जेड आन्दोलनको कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य’ : डा. कोइराला

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै ’जेन जेड’ आन्दोलनको युवा ऊर्जा र चेतनाको कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य भएको बताएका छन् ।

उनले शनिबार विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेको घटनापछि उदाएको नयाँ सरकारले आम नागरिकको भरोसा जित्ने विश्वास व्यक्त गर्दै डा। कोइरालाले यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने बताएका छन् ।

यद्यपि, उनले भदौ २४ गतेको आन्दोलनको क्रममा भएको लुटपाट, आगजनी र तोडफोडको कडा निन्दा गरेका छन् । विशेषगरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको आक्रमण र उहाँकी पत्नीमाथि भएको हातपातलाई उनले ‘जघन्य अपराध’ को संज्ञा दिएका छन् ।

उनले एकपटक पुनः लोकतान्त्रिक इतिहासका योद्धा, नेता र शहीदहरूलाई सम्झेर काँग्रेसले भावी दिनमा आफ्नो भूमिका तय गर्नुपर्ने बताएका हुन ।

विज्ञप्तिमार्फत उनले भने, ‘हामी चुक्यौँ, हामीले समयको पदचाप बुझ्न सकेनौँ । त्यसकै परिणाम दुई ठूला दल सत्ता बाहिरिन बाध्य भए । अब हामी युवाको चाहना र समाजको भावनालाई आत्मसात् गर्दै शक्तिशाली राष्ट्र निर्माणमा समर्पित हुनेछौँ ।’ नेताले नेपाली काँग्रेसका पुराना नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको संघर्ष र बलिदानलाई स्मरण गर्दै लोकतान्त्रिक समाजवादलाई पुनः सशक्त बनाउने प्रण पनि गरे ।

विशेषगरी भाद्र २४ गते जेनजी आन्दोलनको क्रममा आगजनीमा परेको विराटनगरस्थित ऐतिहासिक कोइराला निवासबारे उनले भावुक हुँदै भने, ‘कोइराला निवासको भौतिक संरचना खरानी हुन सक्छ, तर विपी विचार जलाउन सकिँदैन । कोइराला निवासको खरानीबीचबाट काँग्रेसको नवनिर्माणमा जुट्नेछौँ ।’

उनले दसैँपछि देशव्यापी बहस, छलफल र सङ्गठनात्मक नवीकरणको अभियान लिएर पार्टीभित्र नयाँ विचार, नेतृत्व र संगठन निर्माणमा लाग्ने घोषणा गर्दै पार्टीलाई ‘जनताको केन्द्रमा बस्ने काँग्रेस’ बनाउने संकल्प व्यक्त गरेका छन् ।