काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबारबाट विद्यालयहरूमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ ।
२३ र २४ गते जेन जेडहरूको प्रदर्शनपछिको अवस्थाका कारण बन्द भएका विद्यालयहरूमा सोमबारदेखि पठनपाठन सुरु गर्ने निर्णय गरिएको हो ।
शिक्षक तथा कर्मचारीहरूलाई भने आइतबारदेखि नै विद्यालयमा उपस्थित गराउने र पठनपाठन सोमबारदेखि हुने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।








