२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागी र तोडफोडपछि सहरी विकास मन्त्रालय क्षतिको विवरण संकलनमा

अ+ अ-

काठमाडौँ । सहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगायत गाडीहरूको विवरण निकाल्ने तयारी गरेको छ । 

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको संयोजकत्वमा आज मन्त्रालयमा बसेको बैठकले  ‘जेन जेड’ युवाको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट पुगेको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले मन्त्रालयका ५० वटा गाडी जलेर खरानी भएका, केही गाडीहरू तोडफोड भएका, कार्यालयका उपकरण तथा समानहरू चोरी भएका बताउँदै बाँकी क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए ।

“सिंहदरबारका अधिकांश भवन आगलागीबाट जले पनि सहरी विकास मन्त्रालय भने जोगिएको छ, तर यहाँका समानहरू चोरी भएका छन् । गाडी जलेर सबै नष्ट भएका छन् । हामी कार्यालयसम्म पैदल हिँडेर आएका हौँ”, उनले भने, “मन्त्रालयले तीन दिनभित्र क्षतिको विवरण निकाल्नेछ । आगामी दिनमा शोकलाई शक्तिमा बदल्दै कसरी अगाडि बढ्ने भन्ने तयारी पनि गरिरहेका छौँ ।”

सचिव सिग्देलका अनुसार मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग भने आगलागीका कारण ६० प्रतिशत जलेका छन् । अब कहाँ बसेर काम गर्ने भन्ने विषयमा अन्योल रहेको उनको भनाइ छ । “मन्त्री क्वाटरसहित मन्त्रालयद्वारा निर्माण सम्पन्न भएका भवनहरूको पनि के कति क्षति भएको छ, संकलन गर्नेछौँ । आज भने हामी कसरी अगाडि बढ्ने छलफल गर्ने, सरसफाइ गर्नेलगायत कार्य गरेका छौँ”, उनले भने ।