२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री कँडेलले भने : ‘जेन जेडका नाममा कर्णालीमा अराजकता र लुटपाट गरियो’ 

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले जेन जेड आन्दोलनका नाममा कर्णालीमा अराजकता र लुटपाट गरिएको बताएका छन्। 

मुख्यमन्त्री कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन्। 

जेन जेड आन्दोलनपछि सामान्य स्थित बन्दै गर्दै कर्णालीमा क्षति भएका पार्टीका कार्यालय तथा निजी सम्पत्तिहरूको अनुगमन निरीक्षण समेत गरेका मुख्यमन्त्री कँडेलले आन्दोलनका नाममा आपराधिक समूहहरूले आफ्नो अभीष्ट पुरा गरेको बताए। 

उनले भने, ‘जेन जेड आन्दोलनलाई हामीले यो तहको अपराधीकरण होला भनेर पूर्व अनुमान गर्न सकेनौँ। जेनजीका नाममा मुख्य(मुख्य व्यक्ति तथा सार्वजनिक सम्पत्तिहरू निशाना पारिने कुरा कल्पना भन्दा बाहिरको विषय बन्यो। तर जुन आन्दोलनबाट अहिले प्रधानमन्त्री नियुक्त हुनुभएको छ। उहाँहरूले नै सिंहदरवार र सर्वोच्च अदालत जलाउनु अपराध गरियो भन्नुपर्ने अवस्था आएन र।’

मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जेन जेडका नाममा गरिएको विध्वंस र लुटपाटको सत्य तथ्य छानबिन गरिने बताए। उनले भने, ‘मेरो आफ्नै निजी घर जलेको छ। आज घरमा पुग्दा बुवाको अवस्था समाल्न गारो भयो। मेरो जीवनकालमै मेरो बुवाको त्यो अवस्था देखेको थिइन्। बाबु आमा किसान भएकाले मेरो घरमा चामल धान बाहेक अरू के नै थियो। त्यही धान र चामल लुट्नका लागि घरमा आगो लगाइयो। तोडफोड गरियो। आगो र लुटपाटबाट बचेको धान चामल अहिले पनि लिन आइरहेका छन्। जसकारण म प्रहरी कार्यालयमा गएर उजुरी दिँदै छु। म पनि कानुनी बाटोमा जान बाध्य छु।’

मुख्यमन्त्री कँडेलले कर्णालीमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनालका निजी घरका साथै प्रदेश सभा र प्रदेश कोलेनिका पूर्ण रूपमा तोडफोड र जलाएको, वीरेन्द्रनगरमा रहेका तीनवटा राजनीतिक दलका पार्टी कार्यालयहरू तोडफोड र आगजनी गरिएको र अन्य सरकारी संरचनाहरूमा आंशिक रूपमा आगजनी र तोडफोड भएको जानकारी गराए।