काठमाडौँ । रास्वपा भित्र सुमना श्रेष्ठले पार्टी परित्याग गरेको विषयमा छानबिनको माग उठेको छ । अहिले जारी रहेको रास्वपाको भर्चुअल बैठकमा कोशी प्रदेशका कार्यवाहक सभापति सरिन तामाङले सो माग राखेका हुन् ।
समसामयिक विषयमा छलफल गर्न आयोजित बैठकमा रास्वपाका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला पदाधिकारीहरूको सहभागिता छ । जेनजी आन्दोलन र सुमनाको बहिर्गमनको विषयले छलफलमा बढी प्राथमिकता पाइरहेको छ ।
तामाङले दलभित्र रहेको व्यक्तिवादी चरित्र हटाउन आवश्यक रहेको मागलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएका थिए ।
उनले भने, ‘सुमना श्रेष्ठजीले पार्टी छोड्नुपर्ने अवस्था आउने कुरामा गम्भीर छानबिन हुनुपर्छ । दल व्यक्ति केन्द्रित हुने वा सिद्धान्त केन्द्रित हुने ? प्रष्ट होस ।’
सुमनाले रुँदै पार्टी छोड्नु गम्भीर विषय भएको उनले बताए ।
बैठकमा रास्वपाका केही पार्टी कार्यालयहरूमा भएको आक्रमणको विषयमा पनि समीक्षा हुनुपर्ने माग बाग्मती प्रदेशबाट गरिएको छ ।







