२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्षतिग्रस्त संरचना अवलोकन गर्न सिंहदरवार पुगे एमालेका नेताहरू

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका निवर्तमान सांसदहरू सिंहदरवार पुगेर त्यहाँका क्षतिग्रस्त संरचना अवलोकन गरेका छन् ।

आज दिउँसो १५ जना जति निवर्तमान सांसद सिंहदरवार पुगेका थिए । जेन जेड आन्दोलनपश्चात् उत्पन्न विषम राजनीतिक परिस्थितिका कारण भेटघाटसमेत हुन नसकेको भन्दै एमालेका सचिवसमेत रहेका गोकर्ण विष्टले जमघटका लागि हिजो आव्हान गरेको बताइएको छ ।

आज सामूहिक भेटपछि उनीहरूले २४ गते प्रदर्शनकारीको विध्वंसबाट भग्नावशेषमा परिणत भएको सिंहदरवारभित्रका पूर्वाधार अवलोकन गरेका छन् ।

सहभागी एक नेताका अनुसार सो क्रममा क्षतिग्रस्त मन्त्रालय, कांग्रेस, एमालेलगायतका दलको कार्यालय अवलोकन गरिएको थियो ।

उनले भने, ‘पछिल्लो समय असामान्य परिस्थितिका कारण हाम्रो भेट भएको थिएन । आज एक अर्कासँग भेटघाट र सामान्य कुराकानी भयो । त्यहाँको क्षतविक्षत संरचना हेर्दा निःशब्द भयौँ । आँसु आउने अवस्था थियो ।’

एमाले सचिव योगेश भट्टराई, ठाकुर गैरे, सुनिता बराल, सुहाङ नेम्वाङलगायतका करिब १५ जना सांसद सहभागी थिए । सिंहदरबारमा जुटेको यो टोली त्यसपछि च्यासल पुगेको थियो ।