२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री खनालद्वारा निजी क्षेत्रमा भएका आगजनी क्षतिको स्थलगत अवलोकन

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले जेन जेड आन्दोलनका दौरान आगजनी भएका निजी क्षेत्रका भवनहरूको स्थलगत अवलोकन गरेका छन् ।

मंगलबार मन्त्री खनाल, अर्थसचिव घनश्याम उपाध्यायसहितको टोलीले आगजनी गरिएका व्यापारिक भवन र स्थल पुगेर अनुगमन गरेको हो । सचिव उपाध्यायका अनुसार मंगलबार थापाथलीस्थित गाडीका शोरुमहरू अवलोकन गरिएको छ ।

थापाथलीमा टाटा, सिजी मोटर्स, महिन्द्रा, हुन्डाई लगायतका शोरुममा आगजनी गर्दै गाडीमा क्षति पुर्‍याइएको छ ।

यसैगरी कोटेश्वरस्थित भाटभटेनी पुगी मन्त्रीसहितको टोलीले स्थलगत अनुगमन गरेको छ । सो क्रममा मन्त्री खनालले निजी क्षेत्रको मनोबल उकास्ने गरी सरकारले काम गर्ने आश्वासन समेत दिएका छन् ।

मन्त्री खनालसहितको टोलीले कान्तिपुर मिडिया ग्रुपको कार्यालयको समेत अवलोकन गरेको छ । साथै तीनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालयमा समेत अर्थमन्त्रीले स्थलगल अनुगमन गरेका छन् ।

उता, आजै मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्री खनालले छलफल र अन्तरक्रिया समेत गरेका छन् ।

सोमबार पदभार ग्रहणपछि पनि अर्थमन्त्रीले निजी क्षेत्रसँग छलफल गरेका थिए ।

अर्थमन्त्री खनालले अर्थ मन्त्रालय आम जनतासँग प्रत्यक्ष नजोडिने भन्दै आफ्नो ध्यान निजी क्षेत्रको आत्मबल उठाउन केन्द्रित गर्ने बताएका छन् ।