२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

अ+ अ-

दाङ । जेन जेड प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मंगलवारदेखि त्रिपालमार्फत सेवा सुरु गरेको छ । उपमहानगरपालिकाको प्रांगणमा टेन्ट लगाएर अति आवश्यक सेवा सुरु गरेको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिए ।

उनका अनुसार  विभिन्न सुरक्षा निकायको सहयोगमा प्राप्त टेन्टबाट क्यान्सर, मिर्गौलालगायतका बिरामीलाई उपचारका लागि सिफारिस गर्ने र तत्काल नगरी नहुने कामलाई सुरुवात गरिएको हो ।

आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको उपमहानगरपालिकाको दुई वटै भवन सरसफाइ गरिएको छ । भवनको प्राविधिकबाट परीक्षण भइरहेकाले अहिले नै बस्न मिल्ने नगरप्रमुख खड्का बताउँछन् ।

नगरप्रमुख खड्काले भने, “यदि प्राविधिक मूल्यांकनले बस्न मिल्ने भन्ने भएमा भवन मर्मत गर्नतर्फ लाग्ने छौँ ।” पालिकाले निर्माण गरेको अर्को नौतले व्यापारिक भवनका भने सिसा मात्र फुटेको छ । तर सो भवन ठेकेदारले पालिकालाई अझै हस्तान्तरण नगरेको नगरप्रमुख खड्काले बताए । सम्झौताभन्दा पाँच महिना पहिले नै त्यो भवन निर्माण पूरा भएकाले सोहीअनुसार ‘बोनस’ पुरस्कार ठेकेदारले दाबी गरेको भन्दै त्यो दिनासाथ भवन हस्तान्तरण हुने प्रमुख खड्काको भनाइ छ । 

भवन हस्तारण भए लगत्तै त्यहाँबाट अस्थायी रूपमा कार्यालयको सेवा दिन सकिने प्रमुख खड्काको भनाइ छ । पालिकाका एउटा नयाँ भवन र अर्को पुरानो भवन गरी दुई वटै जलेर नष्ट छन् । व्यापारी भवनको लागि निर्माण गरिएको नौ तहले भवनका सिसा तथा शौचालय तोडफोड गरिएको छ । उपमहानगरपालिकाका दमकलसहित २० वटाभन्दा बढी सवारीसाधन जलेर नष्ट छन् । फिल्डमा गएका केही सवारीसाधनबाहेक सबै सवारी जलेर नष्ट भएका हुन् ।