काठमाडौँ। चुच्चेपाटीस्थित भाटभटेनीमा डढेको अवस्थामा भेटिएको शवको पहिचान अझै हुन सकेको छैन ।
चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । डीएनएमार्फत ती शवको पहिचान गर्नुपर्ने अवस्था आएको प्रहरीले बताएको छ ।
केही आफन्तहरूले आफ्नो मान्छे हराएको भन्दै उजुरी दिएको र अब त्यसैको आधारमा डीएनएमार्फत शव पहिचान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।







