२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीमा क्षतिको विवरण संकलनपछि सेवा प्रवाहको तयारी

अ+ अ-

काठमाडौँ ।  ‘जेन जेड’ प्रदर्शनीका क्रममा गण्डकी प्रदेश सरकार मातहतका मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवासमा भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरिएको छ । 

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाहेकका सबै मन्त्रालयका भवनमा तोडफोड र आगजनी गरिएको बताए । 

“मुख्यमन्त्रीसहितको टोलीले मंगलबार नै प्रदेश मातहतका सबै क्षतिग्रस्त संरचनाको अवलोकन र क्षतिको प्रारम्भिक विवरण संकलन गरेको छ”, उनले भने, “बिहीबारसम्ममा पुन:निर्माण गर्नुपर्ने र मर्मतसम्भार गनुपर्ने संरचनाको यथार्थ विवरण ल्याउन भौतिक मन्त्रालयलाई जिम्मेवारी तोकेका छौँ ।” 

प्रदेश सभा सचिवालयबाहेक सरकार मातहतका मन्त्रालय र निकायमा गरी ४३ वटा चारपाङ्ग्रे र १०२ वटा दुईपाङ्ग्रे सवारीसाधनमा आगजनी गरी क्षति पुर्‍याइएको प्रवक्ता डा. गुरुङले जानकारी दिए । 

प्रदर्शनकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग, प्रदेश प्रमुखको कार्यालय, प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशसभा भवनलगायतमा आगजनी र तोडफोड गरेको उनले बताए । 

“कतिपय संरचना पूर्ण रूपमा ध्वस्त भएका छन्, तिनको पुन:निर्माण गर्नुपर्छ, कतिपय मर्मतसम्भार गरेर सञ्चालन ल्याउन सकिने अवस्थामा छन्”, प्रवक्ता डा. गुरुङले भने, “आर्थिक रूपमा कति क्षति भयो भनेर यकिन गर्न अझ केही समय लाग्छ, प्रदेश सरकारले अकल्पनीय भौतिक क्षति व्यहोर्नुपरेको छ ।” प्रदेश सरकार मातहतका मन्त्रालय र निकायबाट आइतबारदेखि नियमित सेवा सञ्चालनको तयारी भइरहेको उनले बताए । 

कार्यालय भवनको सरसफाइ, रङरोगन र मर्मतसम्भारको काम भइरहेकाले तत्कालै पूर्ववत् रूपमा सेवा दिन नसकिएको प्रवक्ता डा. गुरुङले बताए । 

यसअघि क्षतिग्रस्त संरचनाको अवलोकनका क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउँदै जाने र क्षतिग्रस्त संरचनाको मर्मतसम्भार तथा पुनर्निर्माण गरिने बताए । 

सुरक्षा निकाय र सेवाग्राही बढी आउने कार्यालयबाट तत्काल नियमित सेवा प्रवाह हुने वातावरण निर्माण गरिने उनको भनाइ थियो । जेन जेड आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदेश राजधानी पोखरामा रहेका तीनै तहका सरकार मातहतका अधिकांश कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो ।