२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘म शहीद हुन तयार छु तर प्रधानमन्त्री नियुक्तिभन्दा पहिले प्रतिनिधि सभा विघटन गर्दिन’ भनेको राष्ट्रपतिको खुलासा

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठन गर्दा केही संवैधानिक व्यवस्थामा तलमाथि गर्ने बाध्यता आइलागे पनि अब अक्षरशः पालना हुनेमा आफूले प्रधानमन्त्री सुशीला कार्कीलाई पनि भनेको बताएका छन् ।

१४ जना नागरिक अगुवाहरूसँग शीतल निवासमा कुरा गर्दै राष्ट्रपतिले अब दलहरू र आन्दोलनकारीको सहमतिमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । सो अवसरमा राष्ट्रपतिले संसद् विघटन पहिले पनि प्रधानमन्त्री नियुक्ति पहिले भन्नेमा निकै गलफती परेको स्वीकार गरेका थिए ।

आफूले ‘म शहीद हुन तयार छु तर प्रधानमन्त्री नियुक्तिभन्दा पहिले प्रतिनिधि सभा विघटन गर्दिन’ भन्ने अडान लिएको समेत राष्ट्रपतिले सुनाए ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले संसद् विघटन पहिलो सर्त राखेपछि उनीबाट प्रस्तावित प्रधानमन्त्री कार्कीले पनि पहिले संसद् विघटन भएपछि मात्र प्रधानमन्त्री नियुक्त हुने अडान लिएकी थिइन् । तर राष्ट्रपतिले शहीद हुन तयार रहेको अडान लिएपछि पहिले प्रधानमन्त्रीको नियुक्ति र त्यस लगत्तै उनको सिफारिसमा विघटन गरिएको थियो ।

राष्ट्रपति पौडेलले तत्कालीन परिस्थितिको बाध्यताले संविधानमा तलमाथि गर्नुपरे पनि अब प्रधानमन्त्रीको नेतृत्वको सरकारले संविधानको अक्षरशः पालना गर्ने विश्वास व्यक्त गरेका थिए । त्यस्तै नागरिक अगुवाहरूले सरकारले निर्वाचन समयमा नगर्ने खालका गतिविधि गर्न सक्ने भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको जिम्मेवारीपूर्ण परिचालनमा समेत जोड दिएका छन् ।

संक्रमणकाल र परिस्थितिको बाध्यताका नाममा संवैधानिक संरचनाहरूमाथि असंवैधानिक हस्तक्षेप हुन नदिन उनीहरूले राष्ट्रपतिलाई सचेत गराएका छन् ।