दार्चुला (नौगाड) । जेन जेड प्रदर्शनका क्रममा गत भदौ २४ मा जिल्ला कारागारबाट फरार ७१ कैदी बन्दीमध्ये ५८ जना कारागार फर्किएका छन् ।
फरार मध्येका दुई कैदी बन्दी सम्पर्कमा रहेको कारागारका जेलर सरीता चन्दले जानकारी दिइन्। फरार कैदी बन्दीको हुलियासहित सबै ठाउँमा विवरण पठाइएको र उनीहरूको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए।
फरार कैदी बन्दी तथा थुनुवालाई तुरुन्त सम्पर्क गर्न र कानुनको पालना गर्न आग्रह गर्दै प्रशासनले सूचना जारी गरिसकेको छ । जिल्ला कारागारमा कूल ७७ कैदीबन्दीमध्ये ६ जना कारागारमै बसेका थिए ।







