२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानको रक्षा, कार्यान्वयन र संवर्द्धनमा योगदान दिन उपसभामुख रानाको आह्वान

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले संविधानको रक्षा, कार्यान्वयन र संवर्द्धनमा योगदान दिन सबैलाई आह्वान गरेकी छन् । 

संविधान दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै संविधानमा भएका व्यवस्थाको कार्यान्वयनमार्फत नागरिकका आधारभूत आवश्यकता परिपूर्तिको साथै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास पनि व्यक्त गरेकी छन् । 

उनले भनेकी छन्, “निर्वाचन लोकतन्त्रको आत्मा हो र यसमार्फत जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित हुन्छ, निर्वाचन सम्पन्न गरी नयाँ जननिर्वाचित संस्थाको पुन:स्थापना गर्नु संविधानको कार्यान्वयनसँग जोडिएको अनिवार्य चरण हो ।” 

उपसभामुख रानाले जननिर्वाचित संस्थाहरूलाई क्रियाशील र सशक्त बनाउनु संविधानको पहिलो माग भएको उल्लेख गर्दै संविधानले जनताको सार्वभौमसत्ता कार्यान्वयन गर्ने प्रमुख माध्यम जननिर्वाचित संस्था भएको स्पष्ट रूपमा निर्दिष्ट गरेको बताएकी छन् । 

संविधान राज्यको मूल कानुन भएकाले यसको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन गर्न, संविधानमा व्यवस्था गरिएका जनताका आधारभूत मौलिक हक तथा मानवअधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायिक वितरण गर्नतर्फ हाम्रो ध्यान जानु जरुरी रहेको उनको भनाइ छ । 

उपसभामुख रानाले संघीयता, धर्मनिरपेक्षता, जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, कानुनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता तथा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तलगायत लोकतान्त्रिक मूल्य र मान्यता नयाँ संविधानका आधारभूत विशेषता भएको पनि उल्लेख गरेकी छन् । 

शुभकामना सन्देशमा भनिएको छ, “यी विशेषताहरूको जगमा उभिएर नेपाली समाजमा रहेका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायत विविध समस्याहरूको उपयुक्त समाधान गर्दै वास्तविक जनताको घरघरमा लोकतन्त्रको अनुभूति हुने गरी कार्यभार पूरा गर्न सकिएन भने जे सुकै नाम दिए पनि त्यो जनताको लोकतन्त्र बन्न सक्दैन, यसका लागि निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाज सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।”