२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेश सरकारका सेवा दसैँपछि पूर्ण रूपमा सञ्चालन हुने

अ+ अ-

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेन जेडको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीको कारण क्षतिग्रस्त भएका कार्यालयले बडादसैँपछि पूर्ण रूपमा सेवा प्रवाह गर्ने बताएका छन् । 

उनले आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै जेन जेड प्रदर्शनका क्रममा मधेस प्रदेश सरकारको सरकारी निकायमा भौतिक संरचनाको व्यापक क्षति भएकाले यसको मर्मत तथा सुधारमा थप अझै केही दिन समय लाग्ने र त्यसपछि सेवाहरू पूर्ण रूपमा सञ्चालनमा आउने बताए । 

सुरक्षामा क्रमिक रूपले सुधार हुँदै गएकाले प्रदेशका विभिन्न मन्त्रालय तथा कार्यालयहरूमा कर्मचारीहरू आउन सुरु गरिसकेको उनको भनाइ छ । यद्यपि काम गर्न भौतिक संरचनाको समस्या र अभाव रहेको उल्लेख गर्दै उनले त्यसको वातावरण बनाउनका लागि केही दिन समय लाग्ने बताए । 

प्रदेशसभा भवनसहित मन्त्रालयहरूको क्षति भएको संरचनाहरूको मूल्यांकनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । मधेस प्रदेश सरकारअन्तर्गतका मुख्यमन्त्री कार्यालयसहित मधेस प्रदेशसभा भवन तथा सचिवालय, भौतिक पूर्वाधार विकास मन्त्रालय , ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम तथा यातायात मन्त्रालयलगायत अन्य मन्त्रालय तथा सरकारी कार्यालयको भौतिक संरचनामा आक्रमण गरी तोडफोड गर्नाका साथै आगजनी गरिएको थियो । साथै सवारीसाधनहरू पनि क्षतिग्रस्त बनाइएको छ । सुरक्षा अभावमा त्यहाँको समानहरू पनि लुटपाट भएको छ ।