२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चमन सीमाबाट अफगान शरणार्थीको फिर्ता पुनः सुरु

अ+ अ-

एएफपी । यस अघि भएको घातक बम विस्फोट पछि स्थगित भएको चमन सीमा हुँदै अफगान शरणार्थीहरूको फिर्ती शुक्रबार पुनः सुरु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । उक्त विस्फोटमा छ जनाको ज्यान गएको पाकिस्तानी पत्रिका डनले जनाइएको छ ।

सीमावर्ती सहरको ट्याक्सी स्टेसनमा शक्तिशाली विस्फोट भए पछि बिहीबार फिर्ता प्रक्रिया रोकिएको अधिकारीहरूले बताएका छन् । ठूलो सङ्ख्यामा अफगानहरू घर फर्कन पाकिस्तान–अफगान सीमामा भेला भएको अवस्थामा विस्फोट भए पछि स्वदेश फिर्ता स्थगित गरी उनीहरूको सुरक्षाका लागि उक्त स्थानबाट स्थानान्तरण गरिएको अधिकारीहरूले जनाएका छन् । 

सहायक आयुक्त चमन इम्तियाज बलूचले विस्फोटको पुष्टि गरेका छन् भने प्रहरीले प्रारम्भिक अनुसन्धानले घटना स्थलका पसलहरू बाहिर विस्फोटक पदार्थहरू राखिएको जनाएको छ ।

सुरक्षा चिन्ता र कडा सीमा व्यवस्थापनको आवश्यकतालाई उद्धृत गर्दै पाकिस्तानले गत वर्ष कागजात विहीन अफगान नागरिकहरूलाई फिर्ता गर्ने अभियान सुरु गरेको थियो । सरकारी तथ्यांक अनुसार कानुनी कागजात बिना १० लाख भन्दा बढी अफगानीहरू पाकिस्तानमा बसिरहेका छन् ।

यो नीति लागु भएदेखि दशौँ हजारलाई चमन र तोरखाम सीमाबाट स्वदेश फिर्ता गरिएको डनले जनाएको छ । अधिकारीहरूले अभियानको उद्देश्य वैध भिसा र शरणार्थी कार्ड भएका व्यक्तिहरूको मात्र पाकिस्तान बसाइ सुनिश्चित गरी गैर कानुनी रूपमा बस्दै आएकाहरूलाई फिर्ता गरेको जनाएका छन् ।

यद्यपि, मानव अधिकारबादीहरुले नीतिलाई अप्रत्यासित तथा कठोर भन्दै आर्थिक कठिनाइ र आधारभूत सेवाको अभावका कारण अफगानिस्तानहरूले अनिश्चित भविष्यको सामना गर्नु परेको चेतावनी दिएका छन् ।