काठमाडौँ । प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौँको रातो पुलबाट तीन जनालाई पक्राउ गरेको छ । गत भदौ २४ गते जेन जेडद्वारा गरिएको प्रदर्शनका क्रममा रातो पुलको एक घरबाट सुनचाँदीको गहना र धनमाल चोरीको घटनाको अनुसन्धानका क्रममा सोही क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
खोटाङका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरका १८ वर्षीय अगम प्रजालाई सुनचाँदीका गरगहना, नगद रु. १३ हजार र लत्ताकपडासहित पक्राउ गरिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए। उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको उनले बताए ।







