काठमाडौँ । हरिहरपुगढी गाउँपालिकाले राई समुदायको मुख्य पर्व आउताबाबु औँसी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले मुख्य पर्व आउताबाबु औँसीको उपलक्ष्यमा गाउँपालिका मातहत रहने वडा कार्यालय, स्वास्थ्य संस्थाहरू, विद्यालय तथा अन्य शिक्षण संस्थाहरू, बैंक तथा विक्तिय संस्थाहरू र अन्य सार्वजनिक संघ/संस्थाहरूमा स्थानीय बिदा दिएको हो ।
गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले गाउँपालिका बासी, स्वदेशी तथा विदेशमा रहेका राई समुदायलाई आउताबाबु औँसी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।








