काठमाडौँ । सरकारले भदौ २३ र २४ गतेका घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो।
समितिमा पूर्व एआइजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्। आयोगलाई कार्य सम्पन्न गर्न तीन महिनाको समय दिइएको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।







