काठमाडौँ । सरकारले जेन जेड आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त संरचनाको पुनर्निर्माणका लागि आयात गरिने सामग्रीमा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।
त्यसैगरी आन्दोलनका क्रममा प्रभावित उद्योग, व्यापारिक तथा व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सुचारु गराउन नेपाल राष्ट्र बैंक र बीमा कम्पनीहरूले विभिन्न राहत कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
बीमा प्राधिकरणमार्फत बीमा कम्पनीहरूले क्षतिको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिने व्यवस्था मिलाउनुपर्ने निर्णय समेत बैठकले गरेको छ।







