काठमाडौँ । नेपाल साफ १७ वर्षमुनिको च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । हिजो बेलुकी भएको समूह ‘ए’को अन्तिम खेलमा बंगलादेशले घरेलु टोली श्रीलंकालाई ४-० गोलको फराकिलो अन्तरले जीतेसँगै नेपाल अन्तिम चारमा पुगेको हो ।
दुई खेलमा विजयी भएको बंगलादेश समूह विजेता बन्दै अन्तिम चारमा पुगेको छ । समूह चरणको खेलमा बंगलादेशले नेपाललाई पनि ४-० गोलले हराएको थियो । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा जारी प्रतियोगिता आगामी असोज ११ गते शनिवारसम्म चल्नेछ ।







