२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार दिनदेखि भादगाउँ-खिरखादी खानेपानी अवरुद्ध

अ+ अ-

तनहुँ । व्यास नगरपालिका-१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध भएको छ । व्यास-१३ मा पर्ने खिरखादी मुहान नजिकै माथिबाट आएको पहिरोले करिब ४० मिटर जिआइ पाइप बगाएपछि पानी वितरण प्रभावित भएको हो ।  

करिब १३ किलोमिटर टाढाबाट भादगाउँ खानेपानी तथा उपभोक्ता समितिले पानी ल्याएर उपभोक्तालाई वितरण गर्दै आएको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए। उनले भने, “गत भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म परेको अविरल वर्षाका कारण खानेपानी पाइपमा नोक्सान हुँदा पानी वितरणमा कठिनाइ भोग्नुपरेको छ ।” खानेपानी वितरण सहज बनाउनका लागि प्राविधिकसहितका जनशक्ति परिचालन गरिएको छ उनले बताए । 

उक्त संस्थाले छाब्दी मुहान, छाब्दी खोलामा दुई वटा लिफ्ट र खिरखादी गरी सानाठूला चार योजनाबाट पानी संकलन गरी व्यास–१ र १२ का दुई हजार ६८० घरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । लामो दूरी, भौगोलिक विकटता, जनशक्ति अभाव, प्रतिकूल मौसम र वर्षायामको समयमा बाढी र पहिरोका कारण समय समयमा खानेपानी अवरुद्ध हुँदै आएको छ । 

समितिका अनुसार सानाठूला गरी चार वटा योजनाबाट प्रतिसेकेण्ड १५ लिटर पानी ट्यांकीमा संकलन गरी उपभोक्तालाई वितरण भइरहेको छ । 

यस क्षेत्रमा बस्ती विस्तारसँगै पानीको अभाव भएपछि सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजना पनि निर्माण भइरहेको छ । रु. १९ करोड लागतमा आयोजना निर्माण अघि बढाइएको र हालसम्म ७० प्रतिशत कार्य प्रगति भएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए। 

निर्माणका लागि ठेक्का पाएको पराजुली कन्स्ट्रक्सनले विसं २०८० भदौभित्र सम्पन्न गर्ने गरी २०७९ भदौमा सम्झौता गरे पनि अझै सम्पन्न हुन सकेको छैन ।  अध्यक्ष दरैले भने, “अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको मुख्य रिजर्भ ट्यांकी निर्माण सम्पन्न गरी गार्ड हाउस र फिल्टर मिडियाको कार्य भइरहेको छ ।”