२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरका शक्तिपीठहरूमा नवरात्री मेला सुरु

अ+ अ-

काठमाडौँ । घटस्थापनाका दिन आज साँझदेखि भक्तपुरका विभिन्न शक्तिपीठहरूमा नवरात्री मेला सुरु भएको छ । 

आश्विन शुक्ल प्रतिपदाको दिन आजदेखि ब्रम्हायणी मन्दिरमा नवरात्री मेला सुरु भएको हो । मेला भर्न रात भरी दर्शनार्थीहरुले ब्रम्हायणीमा गएर मेला भर्ने परम्परा छ । भक्तपुरका नौ वटा शक्ति पीठहरूमा नौ दिनसम्म राती मेला लाग्ने गर्दछ ।

टोल टोलबाट स्थानीयवासी बाजागाजासहित मन्दिरमा गएर पूजा गर्ने परम्परा छ । नवरात्री मेलाको पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन वाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँको नवरात्री समापन गर्ने प्रचलन रहेको भक्तपुरका संस्कृतिविद् प्रकाश धौभडेलले जानकारी दिए । 

नवमीको दिन राती महिषासुरु दैत्यको प्रतीकका रूपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवन गराइ पूजा गरेको खमये (राँगो) लाई दौडाउँदै ब्रम्हायणी मन्दिरमा पुर्‍याएर बलि दिने प्रचलन छ । नवमीको दिन रात भरी र दशमीको दिनभरि ब्रम्हायणी मन्दिरमा हजारौँको भीडमा मेला लाग्ने गर्दछ ।

त्यसको भोलिपल्ट राती भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडा पायो जात्रा अर्थात् खड्ग जात्रा गरी नगर परिक्रमा गर्ने गरिन्छ । स्थानीयले यसलाई ‘पायो न्हयाकेगू जात्रा’ पनि भन्ने गर्दछन् । 

भक्तपुरमा दसैँमा मनाइने जात्रा नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित रहेको संस्कृतिविद् धौभडेल बताउँछन् । नवदुर्गाका नौ स्वरूप जीवित हुने परम्पराका रूपमा नौराते अर्थात् नवरात्री जात्रा चलिआएको उनको भनाइ छ । यसअघि मृत्युवरण गरेका नवदुर्गा गण दशैँ सुरु भएसँगै जीवित हुने विश्वास गरिन्छ । उनले यो जात्रालाई असत्यमाथि सत्यको विजयका रूपमा मनाउने गरेको बताए ।