२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने फ्रान्सको घोषणा

अ+ अ-

काठमाडौँ । फ्रान्सले संयुक्त राष्ट्र महासभामा प्यालेस्टाइनलाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने घोषणा गरेको छ । यसअघि आइतबार बेलायत, क्यानडा, अष्ट्रेलिया र पोर्चुगलले पनि प्यालेस्टाइनलाई औपचारिक रूपमा मान्यता दिएका थिए।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले यसमा प्रतिक्रिया दिएका छन्। ‘राष्ट्रको हैसियत पाउनु प्यालेस्टाइनीहरूको अधिकार हो, पुरस्कार होइन’, उनले भने ।

गुटेरेसले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता नदिनु विश्वभरका उग्रपन्थीहरूका लागि एक ‘उपहार’ हुनेछ।

यसै सन्दर्भमा उनले दुई-राष्ट्र सिद्धान्त नै इजरायल र प्यालेस्टाइनबीच स्थायी शान्तिको एक मात्र उपाय रहेकोमा पुनः जोड दिए । गुटेरेसले भने, ‘दुई–राष्ट्र समाधान नै इजरायली र प्यालेस्टाइनी जनताका लागि स्थायी शान्ति, मध्यपूर्वमा व्यापक शान्ति र सुरक्षाको एक मात्र विश्वसनीय बाटो हो।’

आइतबार बेलायत, क्यानडा र अष्ट्रेलियाले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई ‘आतंकवादलाई ठूलो पुरस्कार’ भनेर आक्रोश पोखेका थिए ।

सोमबार संयुक्त राष्ट्रसंघको वार्षिक महासभा सुरु हुनुअघि फ्रान्स, बेलायत, क्यानडा, अष्ट्रेलिया र पोर्चुगल जस्ता प्रमुख राष्ट्रहरूले प्यालेस्टाइनलाई एक स्वतन्त्र र सार्वभौम राज्यको रूपमा मान्यता दिएका हुन् ।

पछिल्लो समय केही पश्चिमी मुलुकहरूद्वारा व्यक्त भएको यो समर्थनले इजरायल सरकारमाथि दबाब बढिरहेको छ ।

गाजामा जारी सशस्त्र द्वन्द्वका कारण गम्भीर मानवीय संकट उत्पन्न भएको छ । दशौं हजार नागरिकको ज्यान गइसकेको छ भने लाखौँ विस्थापित भएका छन् । यिनै घटनाक्रमको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय समुदायले दुई–राज्यीय समाधान (इजरायल र प्यालेस्टाइनको सहअस्तित्व) प्रति पुनः चासो देखाउन थालेको हो ।

यसैबीच, इजरायली परराष्ट्र मन्त्रालयले भने यस्ता मान्यताले शान्ति प्रक्रियालाई सहयोग नगरी क्षेत्रीय अस्थिरता बढाउने उल्लेख गरेको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गराएको आक्रमणमा एक हजार २१९ जना इजरायली नागरिकको मृत्यु भएको थियो । त्यसपश्चात गाजामा गरिएको इजरायली सैन्य कारबाहीमा ६५ हजार ६२ भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ, जसमा अधिकांश सर्वसाधारण रहेको उल्लेख गरिएको छ ।