काठमाडौँ । सरकारले थप एक सचिवको सरुवा गरेको छ। प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरणअनुसार अर्थ मन्त्रालयका सचिव दिनेश घिमिरे(राजस्व)लाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको हो।
हाल मन्त्रालयहरू मर्ज हुने तथा सचिवको दरबन्दी घटाइने चर्चा भइरहेको बेला दुई सचिव रहेका अर्थ मन्त्रालयबाट एक सचिव घटाइएको जनाइएको छ। घिमिरेलाई सरुवा गर्दा उनको स्थानमा कसैलाई नल्याउनुले पनि कर्मचारीहरूले घटाउन लागिएको आँकलन गरेका छन् ।
आयोगमा तत्कालीन सचिव भरतमणि सुवेदीले राजीनामा दिएपछि सचिव पद खाली थियो। सुवेदीको राजीनामापछि रिक्त रहेको पदमा भने डण्डुराज घिमिरे बढुवा भइसकेका छन्।
आजै मात्र गृहसचिवसहित तीन सचिवको सरुवा थियो ।







