२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाबाटै सेवा प्रदान गर्न मुख्यमन्त्री कँडेलको आग्रह

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ‘जेन जेड’ प्रदर्शनपछि आगजनी गरिएका वीरेन्द्रनगर नगरपालिकाका वडाध्यक्षहरूसँग छलफल गरेका छन् ।

 प्रदर्शनका क्रममा नगरपालिकाका १२ वडा कार्यालयमा आगजनी र तोडफोड गरिएपछि ती वडाले हाल जिल्ला समन्वय समितिको हलबाट सेवा दिइरहेका छन् ।  मुख्यमन्त्री कँडेल आज जिल्ला समन्वय समितिको हलमै पुगेर सेवाग्राहीसहित वडा अध्यक्षसँग छलफल गरे । यहाँबाट असोज ५ गतेदेखि एकीकृत सेवा सञ्चालन भइरहेको छ । 

मुख्यमन्त्री कँडेलले अवस्था सामान्य बन्दै गएकाले एक थान कम्प्युटर राखेर जलेकै भवनबाट भए पनि सेवा प्रवाह गर्न सुझाव दिए । उनले भने, “भौतिक संरचना नोक्सान भए पनि जति बचेको छ, त्यहीबाट  सेवा प्रवाह गर्दा राम्रो सन्देश जान्छ । सबै वडाका कार्यालय एकै ठाउँमा राख्दा नागरिकलाई सेवा प्राप्त गर्न झन्झटिलो हुन्छ । त्यसैले जतिसक्दो छिट्टै वडामै फर्केर सेवा दिनुहोस् ।”

प्रदर्शनका क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा व्यापक तोडफोड र आगजनी भएको थियो । नगरपालिकाको भवन, नक्सा शाखा, पूर्वाधार शाखालगायत महत्त्वपूर्ण इकाइमा क्षति पुगेको छ । यहाँका सात वटा वडा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । 

वडा नं २, ३, ४, ५, ६, १० र ११ का कार्यालय पूर्णरूपमा ध्वस्त भएका छन् भने वडा नं १, ७, ८, ९ र १२ मा आंशिक क्षति पुगेको छ ।