२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनर्निर्माण कोषबाट सहुलियतपूर्ण कर्जाका लागि नौ अर्ब निकासा

अ+ अ-

काठमाडौँ । नेपाल सरकारको पुनर्निर्माण कोषमा बचत रहेको रु. एक खर्ब २१ अर्ब रकमबाट सहुलियतपूर्ण कर्जाको बक्यौताबापत रु. नौ अर्बभन्दा बढी रकम शोधभर्नाका लागि निकासा भएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले कोषको सहुलियतपूर्ण कर्जाको बक्यौताबापत रु. नौ अर्बभन्दा बढी रकम शोधभर्नाका लागि निकासा भइसकेको जानकारी दिए। ‘नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित अर्थतन्त्र पुनरुत्थानको आगामी योजना’ विषयक अन्तरक्रियामा उनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई चाहिने आयातमा भन्सार छुट दिने निर्णय गरिएको बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले मुलुकमा औद्योगिक विकासका लागि निजी क्षेत्रलाई सहुलियतपूर्ण दरमा कर्जा प्रवाह गर्नुपर्ने बताए। उनले अहिले निजी क्षेत्रमा भौतिक क्षतिका साथै असुरक्षा महसुस भइरहेकाले उनीहरूलाई विश्वस्त पार्न कम ब्याजमा ऋण उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे ।

कानुनी जटिलता अन्त्य गर्न अध्यादेशमार्फत आवश्यक कानुन ल्याउनुपर्नेमा जोड दिँदै सचिव घिमिरेले निजी क्षेत्रका सबै उद्योगी व्यवसायीले सुशासन र पारदर्शिता कायम गर्न सहयोग गर्नुपर्ने विचार व्यक्त गरे ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनपछि डर र आशा दुवै रहेको बताउँदै अबको पुन:निर्माणमा भौतिक र आर्थिक पुनरुत्थान आवश्यक रहेको बताए । अर्थतन्त्रका अधिकांश सूचक राम्रो अवस्थामा रहेकाले अब निजी क्षेत्रको विश्वास जितेर नै अर्थतन्त्रको पुनरुत्थान हुनसक्ने धारणा व्यक्त गर्दै उनले जेन जेड आन्दोलनपछि केन्द्रीय सरकारसँग बढी अपेक्षा गरिएको भए पनि प्रदेश र स्थानीय तहमार्फत पनि धेरै विषय समस्या समाधान गर्न सकिने र युवालाई शिक्षा सीपसहित आर्थिक क्षेत्रसँग जोडर कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले लगानी योग्य रकम करिब रु. आठ खर्ब रहेको तथा ब्याजदर सहज अवस्थामा रहेको अवस्थामा भौतिक संरचनाको पुनर्निर्माण सहज हुने बताउँदै क्षतिपछिको समग्र अवस्था हेर्दा लक्षित सीमाभन्दा माथि मूल्यवृद्धि नहुने बताए ।

‘रेमिट्यान्स’ बढ्दै गएकाले विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेको तथा वित्तीय स्थिति सहज भएकाले चालु आर्थिक वर्षमा छ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्न समस्या नरहेको उल्लेख गर्दै डा खरेलले सरकारी र निजी क्षेत्रको सहयोग, सहकार्य र समन्वयमा पुनर्निर्माण प्रक्रिया अघि बढाउनुपर्ने धारणा व्यक्त गरे ।